२०८२ माघ ११ गते आइतवार
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरुद्धका फाइल खोलेको २४ घण्टामा सरकार ढलेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो दाबी गरेका हुन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् ।
‘भ्रष्टाचारका फाइल खोलेको खोई रु भनेर प्रश्न गरेको गर्यै गर्नुहुन्थ्यो’ उनले भने, ‘फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो।’ लामिछानेले भुटानी शरणार्थी काण्डमा बेचन झा पक्राउ परेकोप्रति संकेत गर्दै यस्तो तर्क गरेका हुन्।
रमेश लेखक सम्भावित गृहमन्त्री बन्ने सुनेको बताउँदै उनले बाँसबारीको जग्गा ल्याउने स्टन्ट गरेको आरोप लगाएपनि त्यस्तै स्टन्ट गर्न आग्रह गरे । बालमन्दिरको जग्गा फिर्ता ल्याएजस्तै अरू जग्गाहरू फिर्ता ल्याएर स्टन्ट गर्न आग्रह गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij