Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सुनको मूल्यले फेरि बनायो अर्को ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १८ सयले बढ्यो

सुनको मूल्यले फेरि बनायो अर्को ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १८ सयले बढ्यो


  • 2.5K
    Shares

    सुनको मूल्यले फेरि बनायो अर्को ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १८ सयले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ ।

    यही असार २३ गते छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको विन्दु कायम गरेको थियो । आज त्यसलाई पनि ‘ब्रेक’ गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २८ २०८१ शुक्रवार - १०:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij