Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी

आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी


  • 1.9K
    Shares

    आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् । 

    बिहीबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौँमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

    उनले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक,वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए । 

    उनले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताए । उनले बैकिङ क्षेत्रमा सबैको संधै आकर्षण रहने बनाउन सक्नुपर्ने बताए । 

    उनले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताए । उनले बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको बताए । 

    उनले निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताए । उनले मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको बताए । 

    उनले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरुमा सीमाभित्र रहेर काम गर्ने बताए । उनले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताए ।

    उनले होटल,ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने बताए । उनले मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने बताए । 

    प्रकाशित मिति :आषाढ २८ २०८१ शुक्रवार - ०८:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij