२०८२ माघ ११ गते आइतवार
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालका विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए।
प्रधानमन्त्रीले शुक्रबार (असार २८ गते) प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट हालै अलग भएको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij