Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इजरायलको रोजगार भर्नाका लागि खुल्यो भाषा परीक्षा आवेदन

इजरायलको रोजगार भर्नाका लागि खुल्यो भाषा परीक्षा आवेदन


  • 2.1K
    Shares

    इजरायलको रोजगार भर्नाका लागि खुल्यो भाषा परीक्षा आवेदन

    काठमाडौं । ब्रिटिस काउन्सिलले फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को परीक्षा आवेदन खुला गरेको छ ।

    सरकारले इजरायलमा केयर गिभरको रूपमा काम गर्न जान इच्छुकसँग आह्वान गरेको आवेदनको प्रक्रियालाई प्रभावित गर्न बन्द टेस्टको आवेदन गत २१ असारदेखि बन्द गरिएको थियो । तर, बधारबार रातिदेखि आगामी १ असारसम्मका लागि परीक्षा आवेदन खुलेको हो । अब एफईटीको परीक्षा लिन थालिएको छ ।

    वैदेशिक रोजगार विभागले ११ असारमा ८०० जनाको श्रमिक छनोटका लागि आह्वान गरेको सूचनामा अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्र अनिवार्य भनिएको छ ।

    विभागले सूचनामा अंग्रेजी भाषा परीक्षण प्रमाण पत्रका रूपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को कम्तीमा ‘ए २ लेभल’को प्रमाणपत्र तोकिएबमोजिम अपलोड गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।

    आवेदन अवधिमै परीक्षा फारम बन्द गरिएको थियो । फारम भर्न नपाएपछि इच्छुक उम्मेदवारले परीक्षा दिन खोज्दासमेत नपाउने अवस्था उत्पन्न भएको थियो ।

    प्रकाशित मिति :आषाढ २७ २०८१ बिहिवार - १३:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij