२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। सुन तोलामा ८ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै छापावाल सुन १ लाख ४४ हजार ९ सय र तेजाबी सुन १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदी १ हजार ८ सय ७० रुपैयाँबाट बढेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य क्रमशः २ हजार ३ सय ८२ र ३१ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij