२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । नेपाल सरकारले असार २५ गते २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो।
यी ट्रेजरी बिलको बोलकबोल असार २४ गते दिउँसो ३ बजे हुनेछ।
कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लागि ८ अर्ब रुपैयाँ र १ वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
ट्रेजरी बिल असार २४ गते अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij