२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । वनस्थलीस्थित ढुंगेधारामा रहेको विभूति विद्या मन्दिरले यस वर्षको एसईई रिजल्टमाउत्कृट नतिजा ल्याउँदै ११ औं स्थानमा पर्न सफल भएको छ । काठमाडौं जिल्लाका १२ सय ६ संस्थागत तथा सामुदायिक विद्यालयमध्ये विभूति स्कुल ११ औं स्थानमा पर्न सफल भएको हो ।
विभूति विद्या मन्दिरले शनिवार एसईई पास आउट भएका विद्यार्थीहरुलाई विदाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा विद्यालयका निर्देशक डा. शंकरकुमार श्रेष्ठले सो जानकारी गराएका हुन् । कार्यक्रममा मन्तव्य राख्दै डा. श्रेष्ठले विद्यालयले औसत जीपीए ३ दशमलव ७४ प्राप्त गर्दै सो स्थान हासिल गर्न सफल भएको बताए । अघिल्लो वर्षको एसईईमा दुई जनाले ४ जीपीए प्राप्त गर्दै ५३ औं स्थानमा रहेको विभूतिले यस वर्ष एक जनाले ४ जीपीए प्राप्त गर्दै सो नतिजा प्राप्त गरेको हो । ४ जीपीएमा संख्या घटेपनि समग्रमा सबै विद्यार्थीहरुले यस वर्ष राम्रो नतिजा ल्याउँदा थुप्रै उत्कृष्ट विद्यालयहरुलाई समेत पछि पार्दै ११ औं स्थानमा उक्लन सफल भएको श्रेष्ठको भनाइ छ ।
२०८० को शैक्षिकसत्रमा विभूति विद्या मन्दिरबाट ३६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये एक जनाले ४ जीपीए, ३३ जनाले ३ दशमलव ६२ देखि ४ जीपीए र ३ जनाले ३ दशमलव २५ देखि ३ दशमलव ६० जीपीए ल्याएका थिए । उनीहरु सबैलाई मायाको चिनो, खादा तथा टीका लगाई विद्यालयका निर्देशक तथा अतिथिहरुबाट सम्मान गरिएको थियो । जसमा ४ जीपीए ल्याउने रोमन श्रेष्ठलाई भने विद्यालयले ५० हजार नगद सहित विशेष सम्मान गरेको थियो । विधार्थीलाई राम्रो नतिजा ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष ४ जीपीए ल्याउन सफल विधार्थीलाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । सोही कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विषयगत शिक्षकहरुलाई पनि नगद पुरस्कारसहित मायाको चिनोले सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा विद्यालय सञ्चालक, अभिभावक, एसईई पास भएका विद्यार्थी, कक्षा १० का विद्यार्थी तथा अतिथिहरुले मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा विद्यालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठले हरेक वर्ष एक पछि अर्काे उत्कृष्ट नतिजा ल्याउन सफल हुनुको कारण विधालयको अनुशासित वातावरण, मेहनति र अनूभवी शिक्षक तथा जिम्मेवार अभिभावकहरुको सहकार्यले सम्भव भएको बताए । यस वर्षको नतिजाले अर्को वर्ष झनै मेहनत गर्न र उत्कृष्ट नतिजा ल्याउन आफूहरुलाई चुनौति भएको र सो चुनौति पार गर्ने गरी मेहनत गर्ने पनि प्रधानाध्यापक श्रेष्ठले बताए । विदाई कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्यहरुसमेत प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij