२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४/२ गोलले पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij