Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विदेशमा ६३  हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण पुष्टि, ३४५ को मृत्यु

विदेशमा ६३  हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण पुष्टि, ३४५ को मृत्यु


  • 7.7K
    Shares

    विदेशमा ६३  हजारभन्दा बढी नेपालीमा  कोरोना संक्रमण पुष्टि, ३४५ को मृत्यु

    काठमाडौं । विश्वका विभिन्न ५३ देशमा रहेका ६३  हजार ८ सय ५४ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गैर आवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्क अनुसार अहिलेसम्म ५३ देशमा रहेका ६३  हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ देशमा रहेका तीन सय ४५ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । 

    समितिका अनुसार कोरोना संक्रमणबाट गएको साता मात्रै थप ३ नेपालीको ज्यान गएको हो ।  गएको साता बेल्जियम, मलेसिया र यूएईमा रहेका नेपालीहरूमा थप कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभयो । 

    सङ्क्रमित ६३  हजार ८ सय ५४ जना मध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र फैलिएको र भारतबाट नेपाल फर्किनेको सङ्ख्या पनि बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्नुभएको छ ।   

    उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र लगाउन बाँकी सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइका साथ पालना गर्न डा. सापकोटाको सुझाव छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - ११:१८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij