Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने 

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने 


  • 2.0K
    Shares

    अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने 

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने भएको छ।

    वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने तयारी गरिएको पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए।

    जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। जसपाबाट प्रमोद यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातारण मन्त्री तथा हसिना खान स्वास्थ्य राज्यमन्त्री छन्।  

    प्रकाशित मिति :आषाढ २० २०८१ बिहिवार - ११:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij