२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई०ले १३ देशका नागरिकलाई भिसा दिन रोक लगाएको छ । अब यी देशका नागरिक रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिबन्ध लगाइएका १३ देशहरु मुस्लिम बाहुल्य देशहरु हुन् ।
सरकारी स्वामित्वको बिजनेस पार्कले जारी गरेको दस्तावेजको हवाला दिँदै रोयटर्सले लेखेअनुसार यी दस्तावेजहरु बिजनेस पार्कका संचालित कम्पनीहरुलाई पठाइएको थियो र रोयटर्सले यी दस्तावेजको अध्ययन गरेको छ ।
दस्तावेजमा अध्यागमन सर्कुलर गरिएको छ र यो सर्कुलर १८ नोभेम्बरदेखि लागू भएको छ । सर्कुलरका अनुसार अहिले यूएईबाहिर रहेका १३ देशका नागरिकको लागि भिजिट भिसा र रोजगारी भिसा जारी गर्न स्थगित गरिएको छ । यूएईले नयाँ भिसा जारी गर्न प्रतिबन्ध लगाएका देशहरुमा पाकिस्तान, इरान, सिरिया, अफगानिस्तान, सोमालिया लिबिया, यमन, अल्जेरिया, केन्या, इराक, लेबनान, ट्युनिसिया र टर्की छन् ।
यो विषयमा जानकार एक स्रोतले रोयटर्सलाई बताएअनुसार सुरक्षा चिन्ताका कारण यी देशका नागरिकलाई भिसा जारी गर्न रोक लगाइएको हो । रोयटर्सले यूएईको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणसँग यसबारेमा सोध्दा कुनै प्रतिक्रिया दिन अस्वीकार गरिएको छ ।
गत हप्ता पाकिस्तानको विदेश मन्त्रालयले युएईले आफ्ना नागरिक र अन्य केही देशका नागरिकको लागि नयाँ भिसा जारी गर्न रोकेको बताएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले यस विषयमा यूएईसँग सोधेको र यूएईले कोरोनाभाइरससँग सम्बन्धित कारणले यस्तो गरेको बताएको जानकारी दिएको थियो । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij