२०८२ माघ ११ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले अब बन्ने नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ।
आज बिहान बसेको पार्टीको सचिवालय बैठकले कांग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जनाकारी दिए ।
नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने उनले बताए। रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।
‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं। यसमा हामी स्पष्ट छौं,’ उनले भने, ‘अर्को सरकार बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij