२०८२ माघ ११ गते आइतवार
सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा लिनेको दर बढेको प्रतिवेदनदले देखाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सुदू्रपश्चिम प्रदेशको अर्धवार्षिक प्रतिवेदनमा यस्तो पाइएको हो ।
यस प्रदेशमा २०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा ८.०७ प्रतिशतले वृद्धि भई १५ अर्ब ४० करोड २४ लाख पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.८३ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालनरपशु बधशालामा २०.३१ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०.००१ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.९५ प्रतिशत रहेको छ कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६.३० प्रतिशत, कञ्चनपुरको २०.८७ प्रतिशत, डडेलधुरा, डोटी दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः ३.४६ प्रतिशत, २.१४ प्रतिशत, १.८३ प्रतिशत, १.७५ प्रतिशत, १.५२ प्रतिशत, १.४० प्रतिशत र ०.७७ प्रतिशत रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij