Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी पब्लिक बोर्डिङ स्कुलका विद्यार्थी शतप्रतिशत उत्तीर्ण, ५ जनाको नतिजा सर्वोत्कृष्ट

गण्डकी पब्लिक बोर्डिङ स्कुलका विद्यार्थी शतप्रतिशत उत्तीर्ण, ५ जनाको नतिजा सर्वोत्कृष्ट


  • 6.9K
    Shares

    गण्डकी पब्लिक बोर्डिङ स्कुलका विद्यार्थी शतप्रतिशत उत्तीर्ण, ५ जनाको नतिजा सर्वोत्कृष्ट

    काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुल म्हेंपीमा अध्ययनरत विद्यार्थीहरू एसईई परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका छन् । 

    राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि सार्वजनिक गरेको एसईई नतिजा अनुसार उक्त स्कुलका शतप्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका हुन् । 

    गण्डकी पब्लिक बोर्डिङ स्कुलबाट एसईई परीक्षा दिएका ३४ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएको प्रिन्सिपल आर. सी भट्टले जानकारी दिए । 

    Capture.JPG

    परीक्षामा संलग्न कूल ३४ जनामध्ये २९ जना विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गरेका छन् भने पाँच जनाले सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका प्रिन्सिपल भट्ट बताए  । 

    पाँच जनामध्ये अपिल बस्नेत र स्वीकृति अर्यालले ३.९५ जिपिए, डेनीश साउदले ३.९१ जिपिए, बबीशेक वाई मगर र बेबीका भण्डारीले ३.९० जिपिए नतिजा प्राप्त गरेका हुन् । 

    WhatsApp Image 2024-06-30 at 13.22.48_3cedc9d2.jpg

    गण्डकी पब्लिक बोर्डिङ स्कुलबाट एसईई परीक्षा उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई प्रिन्सिपलले बधाई दिनुका साथै आगामी वर्षमा थप शैक्षिक सफलताको कामना व्यक्त गरेका छन् ।

    WhatsApp Image 2024-06-30 at 13.25.29_0118e548.jpg

     

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १४:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij