Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिम प्रदेश सरकार

विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मुख्यमन्त्री सोडारीले फुटाए मन्त्रालय

विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मुख्यमन्त्री सोडारीले फुटाए मन्त्रालय


  • 3.0K
    Shares

    विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मुख्यमन्त्री सोडारीले फुटाए मन्त्रालय

    धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले यसअघि नियुक्त गरेका विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन मन्त्रालय फुटाएका हुन् ।

    सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका छन् ।

    भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

    उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखिएको छ । मन्त्रालय फुटाएसँगै मुख्यमन्त्री सोडारीले आइतबार नै विना विभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - ११:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij