Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सुप्रभात काव्यगोष्ठीको असार शृङ्खला सम्पन्न

सुप्रभात काव्यगोष्ठीको असार शृङ्खला सम्पन्न


  • 2.7K
    Shares

    सुप्रभात काव्यगोष्ठीको असार शृङ्खला सम्पन्न

    नागार्जुन वाङ्मय प्रतिष्ठानको मासिक सुप्रभात काव्य गोष्ठी आज असार १५ गते राजधानीको बागबजारस्थित इजी वे सहकारीको हलमा सम्पन्न भएको छ ।

    गोष्ठीमा लगभग दुई दर्जन सर्जकहरूले आआफ्ना रचना सुनाएका थिए ।  चर्चित साहित्यकार प्रा.डा. कृष्णहरि बरालले वाचित सिर्जनाहरूको टिप्पणी गर्दै कविता व्यञ्जना प्रधान भएन भने वास्तविक कविता चाहिँ हुँदैन भलै अभिधामा कविता बन्दै नबन्ने भने होइन । हरेक कविता प्रतीकात्मक अर्थ लाग्ने हुन्छ भन्ने बरालको तर्क थियो । अमूर्त चिजलाई मानवीकरण गर्नु कविताको शक्ति हो भन्दै वाचनकला कविताको विशेष शक्ति भएको बरालले बताए । आञ्चलिकता पनि आउन सक्छ कवितामा भन्ने बताउँदै हरेक रचना समीक्षकको प्रज्ञाभन्दा निकै माथि हुने उनको निष्कर्ष थियो ।

    कार्यक्रममा स्रष्टा विशेष रामबहादुर पहाडीले सुमधुर स्वरमा आधा दर्जन गजल सुनाए-
    के गनेर औँला भाँचिरहेछु
    सायद म आज बहुला भएछु
    भयो देश बिरामी जाँचिरहेछु
    सायद म आज बहुला भएछु ।
               ***
    जलको धनी हुँ मुहान हुँ म
    पिउँछन् अरूले तिर्खा मलाई
    कसको इशारामा नाचिरहेछु
    सायद म आज बहुला भएछु ।
                    ***
    यता छु मूर्ख उता कुनै दिन सरेपछि म प्राज्ञ हुने हो
    थाहा छ मलाई पोल्छन् कि पुर्छन् मरेपछि म प्राज्ञ हुने हो
                        ***
    सम्झन्छु झलझल सपना झैँ लाग्छ आमाको काखे थिएँ म आज
    सक्दिनँ चढ्न भर्‍याङ चितामा चढेपछि म प्राज्ञ हुने हो ।

    यसरी नै अन्य स्रष्टाहरूमा इन्द्रकुमार श्रेष्ठ 'सरित', अनुराधा थापा, चेवनचन्द्र बस्नेत, नवीन 'पल्लव', जयराम बिडारी, पार्वती अधिकारी, अर्पणा खड्का, रामहरि अधिकारी, दीपक भेटवाल 'दीपसागर', पुष्कर लोहनी, लव खड्का, सुष्मा देवकोटा, सुशीला शर्मा, दिल पौडेल,बलराम विष्ट, रूबी सत्याल, खुस्बु रिजाल, प्राज्ञ चेतनाथ धमला, युवराज नास्तिकले रचना वाचन गरेका थिए ।

    प्रतिष्ठानका महासचिव युवराज नास्तिकले सहजीकरण गरेको सो कार्यक्रमको समापन गर्दै अध्यक्ष दिल पौडेलले आगामी कार्यक्रम साउन १९ गते हुने अवगत गराए । 

    madhav image.jpeg

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - ०७:२९:५९ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij