Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत, चालुतर्फ कति ?

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत, चालुतर्फ कति ?


  • 1.8K
    Shares

    बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत, चालुतर्फ कति ?
    images

    हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बजेटमध्ये गत जेठ महिनासम्म जेठ महिनासम्ममा पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ । 

    प्रदेश सरकारले चालु आवका लागि कूल रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकामा गत वैशाख मसान्तसम्ममा ४१ दशमलव २६ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्क छ । 

    प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कूल बजेटमध्ये रु २५ अर्ब ८७ करोड ६१ लाख १० हजार आठ सय ५३ खर्च गरेको थियो । चालु आवका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको थियो । 

    गत वैशाख महिनासम्म पुँजीगततर्फ ३८ दशमलव ३८ प्रतिशत, चालुतर्फ ४५ दशमलव ९५ प्रतिशत खर्च भएको थियो । बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट खर्च भएको छैन । 

    वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट विगतका वर्षमा खर्चअनुसार उपलब्धि नदेखिएकाले चालु आवमा खर्च नगरिएको जनाउँदै आएको मन्त्रालयले आगामी आवमा पनि वित्तीय व्यवस्थातर्फ बजेट विनियोजन गरेको छ । 

    काम सम्पन्न भएका योजनाको भुक्तानी, बिल फरफारकलगायतका काम असार महिनामा पनि हुने र खर्च प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ । 

    प्रकाशित मिति :आषाढ १३ २०८१ बिहिवार - ०६:३०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij