Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोशी प्रदेशमा ७ लाख २ हजार हेक्टर क्षेत्रफलमा खेती, सिँचाइ सुविधाको अवस्था कस्तो ?

कोशी प्रदेशमा ७ लाख २ हजार हेक्टर क्षेत्रफलमा खेती, सिँचाइ सुविधाको अवस्था कस्तो ?


  • 2.4K
    Shares

    कोशी प्रदेशमा ७ लाख २ हजार हेक्टर क्षेत्रफलमा खेती, सिँचाइ सुविधाको अवस्था कस्तो ?

    काठमाडौं । चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा कोशी प्रदेशमा ७ लाख २ हजार ४१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ को अनुसार चालु आर्थिक बर्षको अर्थात २०८० पुष मसान्त्सम्ममा कुल खेतीयोग्य क्षेत्रफल ७ लाख ७९ हजार ५ सय ८४ हेक्टर रहेकोमा समीक्षा अवधिमा ७ लाख २ हजार ४१ हेक्टर क्षेत्रफलमा खेती गरिएको हो ।

    यता, उक्त तथ्याङ्क अनुसार ३ लाख १५ हजार ८ सय ११ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको देखिएको छ । कुल खेतीयोग्य क्षेत्रफलमा मोरङ जिल्लाको अंश सबैभन्दा बढी १५ प्रतिशत र ताप्लेजुङ जिल्लाको अंश सबैभन्दा कम ३।१ प्रतिशत रहेको छ ।

    २०८० पुस मसान्तसम्म कोशी प्रदेशको कुल ३ लाख १५ हजार ८ सय ११ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ जुन कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा ४०।५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल खेतीयोग्य क्षेत्रफलको ३९।७ प्रतिशत भागमा यस्तो सुविधा पुगेको थियो ।

    जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल मध्ये सुनसरी जिल्लामा सबैभन्दा बढी ८५।१ प्रतिशत र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम १ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा प्रदेशमा कुल सिञ्चित क्षेत्रफल ०।४ प्रतिशतले बढेको छ ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २।१ प्रतिशतले बढेको थियो ।

    यस्तो छ जिल्लागत विवरण

    1.JPG

    प्रकाशित मिति :आषाढ १२ २०८१ बुधवार - १३:५९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij