Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोशी मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट खारेज

कोशी मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट खारेज


  • 2.2K
    Shares

    कोशी मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट खारेज

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

    मंगलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, अब्दुल अजीज मुसलमानको इजलासले रिट खारेज गरेको हो।

    निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।

    सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले रिट खारेज भएको र यसको पूर्णपाठ केही दिनमा आउने जानकारी दिए।

    गत वैशाख २७ गते निवर्तमान मुख्यमन्त्री कार्कीले हिक्मतको नियुक्ति असंवैधानिक रहेको भन्दै परमादेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।

    उनले मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन माग गर्दै सर्वोच्चमा दिएको रिट खारेज भएको हो।

    प्रकाशित मिति :आषाढ ११ २०८१ मंगलवार - १६:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij