Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

महानगरपालिकाको बजेट

६ वटा महानगरको बजेट साढे ५३ अर्बभन्दा बढी, कुनको कति ? 

६ वटा महानगरको बजेट साढे ५३ अर्बभन्दा बढी, कुनको कति ? 


  • 2.4K
    Shares

    ६ वटा महानगरको बजेट साढे ५३ अर्बभन्दा बढी, कुनको कति ? 
    images

    काठमाडौँ । मुलुकको ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । 

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले १० असारसम्ममा आगामी आवका लागि बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सोमबारसम्म सबै महानगरले बजेट ल्याएका हुन् । 

    महानगरपालिकाहरूले आगामी आर्थिक बर्षको लागि ६ महानगरले ५३ अर्ब ६४ करोड १३ लाख रुपैयाँको बजेट ल्याएका छन् । यो अंक चालू आवको भन्दा एक अर्ब ६२ करोड ३८ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढी हो ।  

    चालु आर्थिक बर्ष २०८०/८१ को लागि महानगरहरूले ५२ अर्ब एक करोड ६४ हजार रुपैयाँको बजेट ल्याएका थिए । सार्वजनिक बजेट अनुसार ५ महानगरले आगामी आवको लागि बढाएर बजेट सार्वजनिक गरेका छन् भने एक महानगरको बजेट भने चालु आवको तुलनामा घटेको देखिएको छ । 

    आगामी आवको लागि विराटनगर, पोखरा, भरतपुर, ललितपुर र काठमाडौँले चालू आवको भन्दा बजेटको आकार बढाएका छन् भने वीरगन्जले घटाएको छ । 

    कुन महानगरको बजेट कति ? 

    सबैभन्दा ठूलो बजेट भने काठमाडौं महानगरको, 

    आगामी आवको लागि काठमाडौँ महानगरले सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ । काठमाडौँ महानगरले आगामी आवका लागि काठमाडौं महानगरले २५ अर्ब ७० करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको छ । यो अंक चालू आवको भन्दा १५ करोड ८५ लाख रुपैयाँले बढी हो । चालू आवका लागि उक्त महानगरले २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको थियो ।  

    सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले २०८१ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको बताएकी छिन् । 

    डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बजेट पेश गर्दै जानकारी गराइन् । यसैगरी महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ ।  

    त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन्। चालु आर्थिक वर्ष २०८०/८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

    ललितपुर महानगरपालिकाको बजेट करिब साढे ७ अर्ब रुपैयाँ, 

    ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक बर्षको भन्दा १४.८८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँको बजेट ल्याएको थियो । 

    यस महानगरले आगामी वर्ष विश्वसम्पदा क्षेत्रमा विभिन्न भवन सम्पदा नियम पालना गरी निर्माण गरिएका घरहरूको सम्पत्ति करसमेत मिनाहा गर्ने योजना बनाएको छ । 

    भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड,

    आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चितवनको भरतपुर महानगरपालिकाले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले  बजेट पेश गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । 

    कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ । प्रस्तुत बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, सङ्घ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७  हजार, जनसहभागितार श्रमदानबाट रु ५० करोड, बैङ्क मौज्दात रु १ अर्ब ६० करोड,  सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ ।

    यस्तै, मेयर रेनु दाहालले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले विगतमा प्राथमिकतामा राखिएको पूर्वाधार विकास, कृषि, उद्योग र उत्पादनका कार्यक्रमलाई निरन्तरता दिँदै हरित ऊर्जा र हरियालीमा जोड दिएको छ । 

    पोखरा महानगरपालिकाको बजेट साढे ७ अर्ब 

    पोखरा महानगरपालिकाले सात अर्ब ५१ करोड ३२ लाख रुपैयाँको बजेट ल्याएको छ जुन चालू आवको भन्दा ३६ करोड १७ लाख रुपैयाँले बढी हो । चालू आवका लागि पोखरा महानगरले सात अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको थियो । 

    महानगरको १५औँ नगरसभामा उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट प्रस्तुुत गर्दै सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार बेहोरिने जानकारी दिनुभयो । 

    त्यस्तै सङ्घीय राजस्व बाँडफाँटबाट रु ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट रु नौ करोड ७२ लाख २० हजार बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ । स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रु ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ । नगरविकास कोष ऋण रु चार करोड ४८ लाख ८० हजार रहने उल्लेख छ ।

    विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड

    विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि विराटनगरले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो ।

    सोमबार उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ ।

    समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ । योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई दुई करोडका दरले बजेट दिएको छ ।

    आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ ।

    वीरगन्ज महानगरको बजेट भने घट्यो,

    पाँच महानगरले बजेटको आकार बढाउँदा वीरगन्जले भने ३१ करोड ८७ लाख रुपैयाँले घटाएर दुई अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । 

    महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्दा रु ६२ करोड कम आकारको बजेट सार्वजनिक गरे । 

    आगामी आवको बजेटमा चालु खर्चतर्फ रु दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७० दशमलव सात प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८ दशमलव एक प्रतिशत बजेट विनियोजन गरिएको छ । 

    साथै, वित्तीय व्यवस्थातर्फ रु तीन करोड ६४ लाख अर्थात् एक दशमलव दुई प्रतिशत विनियोजन गरिएको छ । उपप्रमुख आलमले आगामी आवमा आन्तरिक राजस्वबाट रु ७९ करोड ७५ लाख २७ हजार खर्च ब्यहोर्ने बताए । 

    प्रकाशित मिति :आषाढ ११ २०८१ मंगलवार - ०९:१५:५७ बजे
    प्रतिक्रिया

    लक्ष्मी श्रेष्ठ

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij