२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) नेपाल बाहिरिएको छ । यहीँ जेठ ५ गते बसेको पार्टी प्रदेश समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
जसपा सत्ताबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थन आज (आइतबार) फिर्ता लिएको छ । संविधानको धारा १८८ को उपधारा २ बमोजिम जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको छ ।
‘जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिसकेको समेत जानकारी गराइन्छ । साथै जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित सम्पूर्ण लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई आजका मिति देखि नै प्रतिपक्ष दलको भुमिकामा बस्ने निर्णय यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ,’ पार्टी प्रमुख सचेतक अम्बिका काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij