Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

संसद् बैठक

सरकारले आज संसदबाट आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेट पारित गर्दै 

सरकारले आज संसदबाट आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेट पारित गर्दै 


  • 2.7K
    Shares

    सरकारले आज संसदबाट आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेट पारित गर्दै 
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । उक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट पारित गर्ने तयारी भएको संघीय संसदको सचिवालयले जनाएको छ । 

    अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

    त्यसअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

    बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    बैठक आज (आइतबार) ११ः०० बजे बस्नेछ । 

    प्रकाशित मिति :आषाढ ९ २०८१ आइतवार - ०९:३६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij