Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

११ महिनामा साढे ३ अर्बको सिमेन्ट र क्लिंकर निर्यात

११ महिनामा साढे ३ अर्बको सिमेन्ट र क्लिंकर निर्यात


  • 2.5K
    Shares

    ११ महिनामा साढे ३ अर्बको सिमेन्ट र क्लिंकर निर्यात
    images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको हो । गत आर्थिक वर्ष सोही अवधिमा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । 

    चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा १ अर्ब ८३ करोड २४ लाख रुपैयाँको २१ लाख ४७ हजार ७ सय ३७ टन सिमेन्ट निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ३१ करोड ३६ लाख ४२ हजार रुपैयाँ बराबरको ५ लाख ४ हजार ८ सय ४४ टन सिमेन्ट निर्यात भएको थियो । 

    यस्तै १ अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ९६ हजार ७ सय ७३ टन क्लिंकर निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ३६ करोड ४० लाख ११ हजार रुपैयाँ बराबरको ३ लाख ८८ हजार २ सय ७७ टन निर्यात भएको थियो । 

    प्रकाशित मिति :आषाढ ९ २०८१ आइतवार - ०९:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij