Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

उच्च आयात हुने सूचीमा विद्युतीय सवारी, ११ महिनामा कतिको भयो आयात ? 

उच्च आयात हुने सूचीमा विद्युतीय सवारी, ११ महिनामा कतिको भयो आयात ? 


  • 2.3K
    Shares

    उच्च आयात हुने सूचीमा विद्युतीय सवारी, ११ महिनामा कतिको भयो आयात ? 
    images

    काठमाडौँ । विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । 

    बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ । 

    विभागले सार्वजनिक गरेको चालु आव २०८०/८१ को एघार महिना (जेठ) सम्मको भन्सार तथ्याङ्क अनुसार करिब २९ अर्ब रुपियाँ बराबरको चारपाङ्गे्र विद्युतीय सवारी आयात भएको छ । यससँगै विद्युतीय सवारी नेपालमा सबैभन्दा उच्च आयात हुने वस्तुको १० वटा सूचीभित्र परेको छ । 

    विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ५० किलोवाटदेखि एक सय किलोवाट क्षमताका १९ अर्ब ६७ करोड रुपियाँको चारपाङ्गे्र विद्युतीय सवारी आयात गरेको छ । 

    चारपाङ्गे्र सवारीसाधन अन्तर्गत कार, जिप, भ्यानलगायतका सवारीलाई वर्गीकरण गरिएको छ । यसबाहेक ५० किलोवाट क्षमतासम्मका त्यस्ता सवारी आठ अर्ब १६ करोड रुपियाँ बराबरको आयात भएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ । 

    १०१ किलोवाटदेखि दुई सय किलोवाट क्षमताका सवारी भने केवल ९५ करोड रुपियाँको मात्र आयात भएको देखिन्छ । त्यसपछि २०१ किलोवाटदेखि तीन सय किलोवाटसम्म २० करोड रुपियाँको सवारी आयात भएको छ । 

    तीन सय किलोवाटभन्दा माथिको सवारी भने केवल एक करोड २७ लाख रुपियाँको मात्र आयात भएको देखिन्छ । विद्युतीय सवारीको ब्याट्री क्षमता बढ्दै जाँदा आयात पनि घट्दै गएको प्रवृत्तिलाई तथ्याङ्कले पुष्टि गर्छ । सबैभन्दा धेरै आकर्षण भने ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको क्षमतासहितका सवारीमा देखिन्छ । 

    कुल आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै चीनबाट करिब २१ अर्ब रुपियाँको सवारी आयात भएको देखिन्छ । चीनबाट मुख्य गरी ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मका १८ अर्ब ७२ करोड रुपियाँका सवारी आयात भएका छन् । त्यस्तै दुई अर्ब ६८ करोड रुपियाँ बराबरका ५० किलोवाटसम्मका सवारी चीनबाट आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । 

    चीनपछि भारतबाट छ अर्ब रुपियाँ बराबरका विद्युतीय सवारी आयात भएको छ । भारतबाट खास गरी ५० वाट क्षमतासम्मका सवारी आयात भएको देखिन्छ । विभागका अनुसार ती क्षमतासम्मका पाँच अर्ब १८ करोड रुपियाँ बराबरका सवारी भारतबाट आयात भएका छन् । यसबाहेक नेपालमा दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनी, संयुक्त राज्य अमेरिकाबाट पनि विद्युतीय सवारी आयात भइरहेको देखिन्छ ।   

    – यो समाचार आजको गोरखापत्रमा छ । 

    प्रकाशित मिति :आषाढ ९ २०८१ आइतवार - ०८:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij