Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति


  • 3.1K
    Shares

    दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

    झपा । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । 

    गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत रु तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ ।
      
    गाउँपालिकाको शिक्षा शाखाको वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूले अध्ययन गरिरहेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा जनही रु १७ हजारदेखि अधिकतम रु ५० हजारसम्म छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गर्दै कमलवासी विद्यार्थीको शिक्षा प्राप्तिको चाहनामा आर्थिक अभावले कुनै बाधा नहोस् भन्ने उद्देश्य राखेर सो रकम प्रदान गरिएको बताए । 

    उनले शिक्षाको माध्यमबाट मात्रै समग्र कमलवासीको भविष्य उज्यालो हुने भएकाले राज्यको मूल प्रवाहमा आउन नसकेका, दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका नागरिकलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याइएको बताए ।  

    आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई प्राथमिकताका साथ निरन्रता दिइने उनको भनाइ छ । छात्रवृत्तिबापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसलासमेत मिलेको र उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने कमल–१ घर भई हाल जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाइले बताए । 

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - १६:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij