Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

समाचार

दूधको अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको धरपकड

दूधको अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको धरपकड


  • 2.6K
    Shares

    दूधको अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको धरपकड
    images

    काठमाडौं । दूधको भूक्तानि माग गर्न गएका सहकारी संघका पदाधिकारी तथा सदस्यहरूले लैन्चौरस्थित दूग्ध विकास संस्थान घेराउ गरेका छन् ।

    दूग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराबन्दी गर्न पुगेका उनीहरूलाई प्रहरीले रोकेको छ । बुधबार बिहान संस्थानको कार्यालय घेराबन्दी गर्न पुगेका युनियनका पदाधिकारी र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    दूध उत्पादक कृषकले लामो समयदेखि दूग्ध विकास संस्थान र निजी डेरीबाट भुक्तानी नपाए पछि आन्दोलित भएका छन् ।

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूग्ध किसानको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा दुध बिचेको बक्यौता उठाउन आन्दोलन गर्नुपर्नै अवस्था आएको भन्दै दूग्ध किसानको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    डिडिसीबाट दुई अर्ब र निजि डेरीबाट करिब ३ अर्ब लिन बाँकी हुँदा कृषकहरू पीडित भएको उनले बताए ।

    उनले न्यायोचित माग पूरा गर्न किसानहरूले डिडिसीमा धर्ना दिँदा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।


    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - १५:१७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij