Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय


  • 2.8K
    Shares

    दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

    चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।

    मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेशअनुसार बी एन्ड सीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो।

    गएको २०८० चैत १२ सर्वोच्चले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो।

    आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - ०३:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij