Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शिक्षा 

शिक्षामन्त्रीको निर्देशनपछि ८२५ जना शिक्षकहरूले त्यागे राजनीतिक दलको सदस्यता 

शिक्षामन्त्रीको निर्देशनपछि ८२५ जना शिक्षकहरूले त्यागे राजनीतिक दलको सदस्यता 


  • 4.1K
    Shares

    शिक्षामन्त्रीको निर्देशनपछि ८२५ जना शिक्षकहरूले त्यागे राजनीतिक दलको सदस्यता 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनपछि ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्यागेका छन् । 

    आज (मंगलवार) शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी गराएकी हुन् । 

    उनले सय दिनको उपलब्धीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरिन् । 

    सो अवसरमा मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताइन् । 

    शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने उनको भनाइ छ ।  

    प्रकाशित मिति :आषाढ ४ २०८१ मंगलवार - १५:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij