Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जेठमा मात्रै कामको खोजीमा करिब ७३ हजार नेपाली विदेशिए, युएई पहिलो श्रम गन्तव्य

जेठमा मात्रै कामको खोजीमा करिब ७३ हजार नेपाली विदेशिए, युएई पहिलो श्रम गन्तव्य


  • 3.5K
    Shares

    जेठमा मात्रै कामको खोजीमा करिब ७३ हजार नेपाली विदेशिए, युएई पहिलो श्रम गन्तव्य

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को जेठ महिनामा मात्रै कामको खोजीमा करिब ७३ हजार नेपाली विदेशिएका छन् । 

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु अर्थिक बर्षको जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ नेपाली कामको खोजीमा विदेशिएका हुन् । 

    जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए ।

    यस्तै, विभागको अनुसार चालु आर्थिक बर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३८६ पुगेको छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

    यता, गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो ।

    चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ । यो तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

    युएई पहिलो श्रम गन्तव्य

    विभागले रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक भएको छ भने युएई पहिलो श्रम गन्तव्य बनेको छ । साउनदेखि जेठसम्ममा १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् । 

    यस्तै, जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् । जेठमा मात्र संयुक्त अरब इमिरेट्स (यूएई)मा २० हजार ४२४ जना गएका छन् । 

    त्यस्तै मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

    यता, जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।

    कुन महिनामा कति गए ?

    विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेश गएका छन् ।

    त्यस्तै, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन् ।माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा विदेशिएको तथ्याङ्क छ ।

    रेमिट्यान्स पनि बढ्दै

    नेपालबाट कामको खोजीमा विदेशीने युवाको संख्या बढेसंगै विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्स हरेक महिना बढीरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका देशको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ । 

    यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

    प्रकाशित मिति :आषाढ ४ २०८१ मंगलवार - ०६:३१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij