२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।
उनीहरू तलब वृद्धि र कार्यालय समयभन्दा बढी समय काम गर्दाको भत्तासमेत माग गर्दै आन्दोलित भएका हुन् ।
आन्दोलित कर्मचारीहरूले लिखित रूपमा आफ्ना ११ बुँदे माग अर्थ मन्त्रालयम पठाएका छन् ।
अर्थ मन्त्रालयका अनुसार तलब बढाउने माग तत्काल सम्भव नरहेको जवाफ पठाइएको छ ।
कर्मचारीहरूको मागका सम्बन्धमा सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसँग छलफल गरेका थिए ।
राष्ट्रिय सभाका माओवादी केन्द्रका सचेतक गोपी अछामीले संसद् सेवामा कार्यरत कर्मचारीले उठाएका आधारभूत माग अर्थ मन्त्रालयसँग छलफल गरी टुङग्याउनुपर्नेमा सबैको एउटै धारणा रहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij