Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेश 

सांसदले ह्विप उल्लंघन गरेपछि एमालेले सोध्यो स्पष्टीकरण, ३ दिनमा जवाफ नदिए कारबाही गर्ने चेतावनी 

सांसदले ह्विप उल्लंघन गरेपछि एमालेले सोध्यो स्पष्टीकरण, ३ दिनमा जवाफ नदिए कारबाही गर्ने चेतावनी 


  • 2.6K
    Shares

    सांसदले ह्विप उल्लंघन गरेपछि एमालेले सोध्यो स्पष्टीकरण, ३ दिनमा जवाफ नदिए कारबाही गर्ने चेतावनी 

    काठमाडौं । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । 

    प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । 

    एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । 

    तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् ।

     नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । 

    संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टीकरण सोधिएको हो ।

    त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन् । 

    प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् । 

    स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । 

    पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा रहेको छ । 

    गुरुङ कास्की ३ को ‘क’ बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डारीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका थिए । 

    उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ । 

    यदि भनेको समयमा चित्तो बुझ्दो जवाफ नदिए एमालेले कारबाही गर्ने चेतावनी दिएको छ । 

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - १२:१५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij