२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । संसद् बैठक आज (आइतबार) पनि बस्दैछ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा उक्त बैठक बस्न लागेको हो ।
बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकमा तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुनेछ । जसअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय रहेका छन् ।

त्यस्तै व्यवस्थापन कार्यअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बजेट–२०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१ पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी विनियोजन बजेटमाथिको छलफलअन्तर्गत निम्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
बैठक विहान ११ः०० बजे बस्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij