२०८२ भाद्र १ गते आइतवार
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट ल्याएको छ।
शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका हुन्।
जसमा ११ अर्ब ७ करोड चालु र १७ अर्ब ५३ करोड बजेट विनियोजन गरेकाे हाे। कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको थियाे।
प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रका लागि दुई अर्ब चार करोड, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा तीन अर्ब ९ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३८ करोड ६९ लाख बजेट विनियोजन गरेको छ।
यस्तै ८६ करोडको बजेट स्थानीय तहहरूमा समानिकरण अनुदान र ५६ करोड शसर्त अनुदान दिन बजेट विनियोजन गरिएको छ।
यसका साथै तीन अर्ब ९ करोडको बजेट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, २ अर्ब चार करोडको बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, पाँच अर्ब ६८ करोडको बजेट भौतिक पूर्वाधार विकास मन्त्रालय, ६ अर्ब ७४ करोडको बजेट सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट प्राप्त गर्ने बजेटमा उल्लेख गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij