Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

गण्डकी प्रदेशको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्णपाठसहित)

गण्डकी प्रदेशको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्णपाठसहित)


  • 3.4K
    Shares

    गण्डकी प्रदेशको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्णपाठसहित)
    images

    काठमाडौं । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन्‌ । आज (शनिबार) प्रदेश सभा बैठकमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको आयव्यय विवरण पेश गरेका हुन्‌ ।

    अन्य प्रदेशमा झैं गण्डकीमा पनि चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार घटाइएको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट आकार भने ८५ करोड रुपैयाँले घटाइएको हो ।

    मन्त्री गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड (३९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ५१ करोड रुपैयाँ (कूल विनियोजनको ६० प्रतिशत) बजेट विनियोजन गरेका छन्‌ । पर्यटन, कृषि, खानेपानीमा जोड दिँदै मन्त्री गुरुङले बजेटको अधिका‌ंश हिस्सा पूर्वाधार विकास निम्ति छुट्याएका हुन्‌ ।

     

    प्रकाशित मिति :आषाढ १ २०८१ शनिवार - १९:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij