२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।
किंग्सटाउनमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो। सागर ढकालको स्थानमा सन्दीप लामिछानेलाई टोलीमा समावेश गरिएको छ।
नेपाल आफ्नो पहिलो जितको खोजीमा छ। दक्षिण अफ्रिका भने चौथो जितको खोजीमा छ। सन्दीप लामिछानेले पनि टोलीमा सहभागी छन्।
नेपालले समूह चरणको अन्तिम खेल असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।
नेपाली टोली
नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij