Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेश

गण्डकीमा फ्लोरक्रस गर्ने सांसद देवकोटा पदमुक्त

गण्डकीमा फ्लोरक्रस गर्ने सांसद देवकोटा पदमुक्त


  • 3.6K
    Shares

    गण्डकीमा फ्लोरक्रस गर्ने सांसद देवकोटा पदमुक्त

    काठमाडौं । फ्लोरक्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा पदमुक्त भएका छन् । 

    फ्लोरक्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् ।

    प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले राजनीतिक दल सम्बन्धि ऐन अनुसार देवकोटा पदमुक्त भएको जानकारी गराएका छन् । 

    यसअघि देवकोटालाई नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलले कारबाही गर्ने निर्णय गरेको थियो ।

    मंगलबार स्पष्टीकरण सोधेको माओवादीले शुक्रबार कारबाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

    पदमुक्त भएका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेश सभामा भने माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए । 

    तर जेठ २८ गते माओवादीको ह्विप उलङ्घन गर्दै कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।

    फ्लोरक्रस गरेर विश्वासको मत दिएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले उर्जामन्त्री बनाएका थिए । उनको सांसद पद गएपनि देवकोटा ६ महिनासम्म मन्त्री बन्न भने सक्ने छन् । 

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - १६:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij