२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गण्डकी प्रदेशमा फ्लोरक्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् ।
प्रदेश सभाको आज (शुक्रबार) बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा–२ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij