Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै


  • 2.1K
    Shares

    हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

    वाग्मती । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।

    हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए । 

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०८:२८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij