Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका फणीन्द्र र मनाङेलाई मालदार मन्त्रालयको जिम्मा दिँदै मुख्यमन्त्री पाण्डे

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका फणीन्द्र र मनाङेलाई मालदार मन्त्रालयको जिम्मा दिँदै मुख्यमन्त्री पाण्डे


  • 3.5K
    Shares

    गण्डकीमा ‘फ्लोर क्रस’ गरेका फणीन्द्र र मनाङेलाई मालदार मन्त्रालयको जिम्मा दिँदै मुख्यमन्त्री पाण्डे

    काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद् आज (मंगलबार) विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 

    मन्त्रिपरिषद् विस्तारका लागि गर्न मुख्यमन्त्री पाण्डेले सबै तयारी पूरा गरेको उनको सचिवालयले जनाएको छ । 

    यसक्रममा उनले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ लाई मन्त्री बनाउँदैछन् । 

    देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीमा अहिले बिहान ११ बजे शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 
     

    प्रकाशित मिति :जेठ २९ २०८१ मंगलवार - ०९:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij