Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स (पूर्णपाठसहित)

चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स (पूर्णपाठसहित)


  • 3.3K
    Shares

    चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स   (पूर्णपाठसहित)

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको हो ।

    समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।  

    केन्द्रीय बैंकको प्रतिवेदनअनुसार नेपालमा साढे १२ महिनालाई वस्तु तथा सेवा धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिति भएको छ ।  २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको हो ।

    ‘आर्थिक वर्ष २०८०-८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

     

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - १६:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij