२०८२ भाद्र १ गते आइतवार
काठमाडौ. । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । उनले आफ्नो पक्षमा ३१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भएका हुन् ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेका थिए ।
देवकोटाले माओवादी केन्द्रको संसदीय दलको ह्विप लत्याउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनले बहुमत सिद्ध गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij