२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा गठित मन्त्रिपरिषद् विस्तार भएको छ ।
आज (सोमबार) दिउँसो ३ः०० बजे उक्त मन्त्रिपरिषद् विस्तार भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज तीनजना मन्त्री नियुक्त गरेका छन् ।
सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij