२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का पाँचजना सांसदले आफ्ना मन्त्रीहरूको नियुक्ति रोक्न मुख्यमन्त्रीलाई पत्राचार गरेका छन् ।
खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् ।
माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएका छन् ।
तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij