२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्दैछ । बैठक भोलि दिउँसो १बजे बालुवाटारमा बस्ने जनाईएको छ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो ।
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव पेश गरेका थिए । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएको र अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लाञ्छाना लगाईएको भन्दै विरोध भएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । मंसिर ३ गते बसेको बैठकमा ओलीले १० दिनको समय माग गरेका थिए । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेकाले भोलिको बैठकमा पेश हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij