२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेकपा (एमाले) र माओवादी केन्द्र सहभागी हुने भएका छन् ।
मुख्यमन्त्री दीर्घ सोडारीले आजै (सोमबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उक्त परिषदमा एमाले र माओवादी केन्द्रबाट तीन–तीन जना मन्त्री बन्न लागेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
सरकार सहभागी हुन सत्ता साझेदार दल एमाले तयार नभएपछि झण्डै दुई महिनासम्म मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij