Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आईएमई लाइफको साधारणसभा आज बस्दै, लाभांश प्रस्ताव पारित गरिने

आईएमई लाइफको साधारणसभा आज बस्दै, लाभांश प्रस्ताव पारित गरिने


  • 2.0K
    Shares

    आईएमई लाइफको साधारणसभा आज बस्दै, लाभांश प्रस्ताव पारित गरिने

    काठमाडौँ आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज  बस्दैछ । सभा, काठमाडौं नक्सालस्थितआम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साथै, सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 

    त्यसैगरी, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

    सभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - ०८:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij