Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

साढे २१ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार 

साढे २१ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार 


  • 2.6K
    Shares

    साढे २१ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार 
    images

    काठमाडौँ । सरकारले साढे २१ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

    अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ २८ गते जारी हुने २१ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। 

    कार्यालयले २८ दिने ५ अर्ब रुपैयाँ ९१ दिने ८ अर्ब ५० करोड रुपैयाँ र १८२ दिने ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

    यी ट्रेजरी बिल क्रमशः असार २५ गते, भदौ २५ गते, मंसिर १८ गते र मंसिर २५ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

    ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। 

    सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - ०७:२८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij