Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै, आजै फैसला आउँला ?

कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै, आजै फैसला आउँला ?


  • 2.8K
    Shares

    कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै, आजै फैसला आउँला ?

    काठमाडौं । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासबाट हुँदैछ । 

    पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

    सोही अनुसार आज सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले यो मुद्दाको सुनिवाइ गर्ने भएको हो  ।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै धारा १६८ (५) अनुसार नै अर्को सरकार गठन आह्वान गरेका थिए ।

    जसमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएपछि २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखको सो निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च गएका थिए । 

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - १०:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij