२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ ।
कम्पनीको चैत्र २३ गते सम्पन्न ५७औं वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर चैत्र ८ गतेसम्म अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा जम्मा गराइएको हो ।
चैत ८ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः डिम्याट खातामा बोनस शेयर जम्मा गराइने कम्पनीले जनाएको छ ।
साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराउनुपर्नेछ । त्यसपछि मात्रै बोनस शेयर डिम्याट खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।
सँगसँगै कम्पनीको विभिन्न साधारणसभाबाट पारित भई लिन बाँकी रहेको बोनस शेयर र नगद लाभांश कम्पनीको शेयर रजिस्ट्रार एनआईएमबी एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन पनि कम्पनीले शेयरधनीलाई अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij